विश्वकप क्रिकेट — भारतसँग पहिलोपटक अस्ट्रेलिया पराजित

जेठ २७, काठमाडौं — जारी बिश्वकप क्रिकेट खेलमा इतिहासमै भारतसँग पहिलोपटक अस्ट्रेलिया पराजित भएको छ । भारतले अष्ट्रेलियालाई ३६ रनले जित हासिल गरेको हो ।
जीतसँगै भारत लगातार दुई खेल जित्दै अंक तालिकाको तेश्रो स्थानमा उक्लेको छ भने अस्ट्रेलिया ३ खेलबाट ४ अंक बटुल्दै चौथो स्थानमा रहेको छ। तालिकाको पहिलो र दोश्रो नम्बरमा क्रमशः ६ र ४ अंकसहित न्यूजिल्याण्ड र इङ्ल्याण्ड रहेका छन्।