जेठ २०, काठमाडौं — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको चीन भ्रमणमा जाने तय भएको छ । मुख्यमन्त्री शंकर पोखरेल असार २५ देखि साउन १ गतेसम्म चीन भ्रमण जाने भएका हुन ।
सोमबार बसेको मन्त्रिपरिषद वैठकले मुख्यमन्त्रीको भ्रमणलाई स्वीकृत गरी संघीय सरकारलाई जानकारी गराउने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्रा्ष्ट्रिय विभागको निमन्त्रणामा पोखरेल चीन जान लागेका हुन् ।