प्रदेश र स्थानीय तहले आर्थिक बर्षको बजेट चार किस्तामा पाउने

जेठ २०, काठमाडौं — प्रदेश र स्थानीय तहलाई छुट्याएको आर्थिक बर्षको बजेट चार किस्तामा दिइने भएको छ ।

अर्थ मन्त्रालयले वित्तीय समानीकरण अनुदानलाई २५ साउन, २ कात्तिक, २ माघ र २ वैशाख गरी चार किस्तामा प्रदेश तथा स्थानीय तहको खातामा वित्तीय समानीकरण अनुदान दिने बताएको हो  ।

संघीय सरकारले वित्तीय समानीकरण अनुदानका लागि विनियोजित रकम प्रदेश र स्थानीय तहले आफैं कार्यक्रम बनाएर खर्च गर्न सक्नेछन् ।