कोटेश्वर–कलंकी सडकमा तीब्र गतिमा सवारी गुड्न नपाउने

जेठ २०, काठमाडौं —  भर्खरै बनाइएको कोटेश्वर–कलंकी सडकमा अब तीब्र गतिमा सवारी गुड्न पाउने छैनन् । ट्राफिक प्रहरीले यातायातका साधनको गति सीमा निर्धारण गरेपछि उत्त सडक खण्डमा सवारी गुड्न नपाउने भएको हो ।

सवारी चालकले मुल लेन सडकमा ५० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा सवारी हाक्न नपाउने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको सीमा तोकिएको छ ।

त्यसका लागि सोमबारदेखि कोटेश्वर कलंकी सडकखण्डमा सवारी साधनको गति मापन सुरु गरिएको छ । निर्धारि गति सीमा उलंघन गरी सवारी चलाएको पाइएमा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४(६) बमोजिम कारबाही हुने ट्राफिक प्रहरीले जनाएको छ ।
तीब्र गतिकै कारण उक्त कलंकी कोटेश्वर सडकखण्डमा दुर्घटना बढेपछि नयाँ नियम ल्याइएको हो ।