राष्ट्रिय औद्योगिक प्रदर्शनी जेठ २२ गते देखि सुरु

जेठ २०, काठमाडौं — राष्ट्रिय औद्योगिक प्रदर्शनी जेठ २२ गते देखि सुरु हुने भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा भृकुटीमण्डपमा २६ गतेसम्म प्रर्दशनी हुने भएको छ ।

राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले ‘आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगिकरणका लागि सबै जुटौं’ भन्ने मूल नाराका साथ प्रर्दशनी हुन लागेको बताए ।  साथै प्रदर्शनीमा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कारको समेत व्यवस्था गरिएको बताइएको छ ।

प्रदर्शनीमा जम्मा २०० लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको स्टल रहने छन् जसमध्ये ७७ जिल्लाबाट प्रति जिल्ला कम्तीमा एक उद्यमीको सहभागिता रहने आयोजकले बताएको छ ।