मेलम्ची मुख्य ठेकेदार भागेपछि मेलम्ची आयोजनामा नयाँ ठेकदार खोजी

जेठ २०, काठमाडौं — लामो समयदेखि अन्योलमा रहेको मेलम्ची आयोजनाका लागि नयाँ ठेकदार खोजी सुरु गरिएको छ ।
मुख्य ठेकेदार भागेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनालाई अघि बढाउन सरकारले नयाँ ठेकेदारको खोजी थालेको हो । आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरेर ठेकदार खोज्न थालिएको छ ।
२ वटा प्याकेजमा खुला बोलपत्र आह्वान गरिएको छ भने बाँकी ८ वटा प्याकेज पुराना स्थानीय ठेकेदारलाई दिने तयारी छ ।