असार १ गतेदेखि सामान ढुवानीका सवारी बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म चल्न नपाउने

जेठ २०,काठमाडौं— यातायात व्यवस्था विभागले सामान ढुवानी गर्ने गाडीलाई दिनमा ११ घण्टा प्रतिवन्ध लगाउने भएको छ ।

सडक जाम र सवारी साधनको चाप बढेको भन्दै विभागले आउँदो असार १ गतेदेखि सामान ढुवानीका सवारी साधन सञ्चालनमा रोक लगाउने भएको हो ।

विभागका अनुसार पानीको जार, अक्सिजन र दुध बोक्नेबाहेक बाँकी सबै ढुवानीका सबै साधनहरु बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म उपत्यकाका तीनै जिल्लामा सञ्चालन गर्न पाइने छैन् ।