मैत्रीपूर्ण खेलमा विश्वविजेता फ्रान्सले बोलिभियालाई हरायो

जेठ २०,काठमाडौं— विश्वविजेता फ्रान्सले बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्न सफल भएको छ । आइतबार राति भएको अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण खेलमा बोलिभियालाई पराजित गरेपछि फ्रान्सको जित भएको हो ।

फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यान र थोमस लिमारले गोल गरेका थिए ।

खेलको पाँचौं मिनेटमा नै थोमसले गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाए । एकपछि अर्को दबावमा राखेको फ्रान्सले खेलको ४३औं मिनेटमा अर्को गोल गर्न सफल भएको थियो ।

त्यस्तै, अरु मैत्रीपूर्ण खेलमा टर्कीले उब्जेकिस्तानलाई २–० गोलअन्तरले पराजित गर्दा भेनेजुएला र एक्वेडरले भने १–१ गोलको बराबरीमा छन्