जेठ १९,काठमाडौं — सरकार परिबर्तन प्रति चौतर्फी कुरा भइरहेको बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भने तत्काल सरकार परिवर्तन नहुने जानकारी दिएका छन् ।
। प्रेस संगठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका छन् । साथै उनले सरकार परिबर्तनबारे हल्लाको पछाडि नलाग्न समेत आग्रह गरे ।
मन्त्री बास्कोटाले सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको देश बनाइने र करिब १३ हजार डलर प्रतिव्यक्ति आय पुर्याइने उनले बताएका छन् ।
तत्काल सरकार परिवर्तन नहुने सञ्चारमन्त्री बाँस्कोटाको भनाई
