विश्वकप क्रिकेट — न्युजिल्याण्डसँग श्रीलंका १० विकेटले पराजित

जेठ १९, काठमाडौं — विश्वकप क्रिकेट अन्तर्गत पहिलो खेलमा श्रीलंका बिरुद्ध न्युजिल्याण्डले जित हासिल गरेको छ ।
श्रीलंकालाई १० विकेटले पराजित गर्दै न्युजिल्याण्ड विजयी भएको हो ।
टस हारेर व्याटिङको निम्तो पाएको श्रीलंकाले २९.२ ओभरमा सबै विकेट गुमाउँदै १३७ रनको योगफल बनायो । श्रीलंकाका लागि दिमुथ करुणारत्नेले अर्धशतक प्रहार गर्दै सर्वा्धिक ५२ बनाए ।