छत्तीस हजार घुस सहित महोत्तरीमा एक जनप्रतिनिधि पक्राउ

जेठ १७, काठमाडौं — महोत्तरीका एक जनप्रतिनिधि घुस सहित रंगेहात पक्राउ भएका छन् । एकडारा गाउँपालिका वडा नं.४, महोत्तरीका निवार्चित वडा सदस्य राम चन्द्र राय (यादव) ३६,००० घुस सहित पक्राउ परेका छन् ।
सेवाग्राहीसंग काममा सहजीकरण गरिदिने भन्दै घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले बताएको छ ।