आज सपथ लिदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

जेठ १६, काठमाडौं — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने भएका छन् । उनलाई राष्ट्रपति रामनाथ कोविन्दले साँझ ७ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

हालै भएको १७ औं लोकसभा निर्वाचनमा भाजपाले स्पष्ट बहुमत हासिल गरेपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् ।

मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि दिल्ली जाँदैछन् । सपथग्रहण समारोहमा ८ हजार जनालाई निम्तो दिइएको छ ।