जेठ १४, काठमाडौं — चालू आर्थिक वर्षको बजेटमा वितरणमुखी बजेट ल्याउन सरकार जुटेको छ । सत्तारूढ दलको घोषणापत्रमा उल्लेख भए अनुसार वृद्धभत्ता लगायत विषयलाई सम्बोधन गर्ने गरी बजेट निर्माण गरिरहेका छन् ।
आगामी आर्थिक वर्षको बजेटबाट ७० वर्ष उमेर कटेकालाई भत्ता र औषधोपचार खर्चमा पाँच–पाँच सय वृद्धि गरी एक हजार बढाउने तयारी गरिएको छ ।
सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममार्फत सामाजिक सुरक्षा भत्ता बढाइने घोषणा गरिसकेको छ ।