चेक बाउन्सको आरोपमा खुश्बु ओलीलाई ३ महिना कैद

जेठ ८, काठमाडौं — मोडल खुश्बु ओलीलाई चेक बाउन्स गरेको आरोपमा ३ महिना कैदको सजाय तोकिएको छ । जिल्ला अदालत, काठमाडौंले ओलीलाई चेक बाउन्स गरेको मुद्दामा दोषी ठहर गर्दै तीन महिना जेल सजायको फैसला सुनाएको हो ।

न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम सावा र ब्याजसहित तिर्न आदेश दिएको छ । ओलीले २०१७ जनवरी ३ मा काटेको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएको थियो । चेक बाउन्स भएपछि सप्तरीका गोपाल कटुवालले अदालतमा मुद्दा दायर गरेका थिए ।