नापी विभागको टोली पुग्यो सगरमाथा नजिक

जेठ ७, काठमाडौं — सरकारका तर्फबाट पहिलोपटक सगरमाथाको उचाई मापनका लागि प्रस्थान गरेको टोली सगरमाथा नजिक पुगेको छ ।

टोली गत शुक्रबार आधार शिविरबाट चुचुरोका लागि हिंडेको थियो । मौसम अनुकुल भए आजै अपरान्ह २ बजेसम्ममा चुचुरोमा पुग्ने टोलीको लक्ष्य छ ।

सरकारका तर्फबाट पहिलोपटक सगरमाथाको उचाई मापन गर्न लागिएको हो । समुन्द्री सतहबाट शुरु गरिएको मापन कार्यले ६ महिनामा मात्र पूर्णता पाउनेछ ।