बीमा क्षेत्रका सुझाव अनुशार अघि बढ्ने अर्थमन्त्रीको प्रतिबद्धता

जेठ २, काठमाडौं — अर्थमन्त्री युवराज खतिवडाले बीमा क्षेत्रका सुझाव अनुशार नै अघि बढ्ने बताएका छन् ।

बीमा समितिको ५१ औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा अर्थमन्त्री युवराज खतिवडाले बीमा सम्बन्धि सुझावहरु राख्न र सुझाव आुशार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “बजेट तर्जुमा कै क्रममा छौँ, बीमा क्षेत्रका केही सुझावहरु छन् भने हामी सुन्छौ” उनले भने

कार्यक्रममा बोल्दै खतिवडाले पछिल्लो चरणमा बीमामा भएको प्रगति उत्साहप्रद रहेको बताएका छन् ।

उनले बचतलाई उत्पादित क्षेत्रमा लगाएर लगानिमा परिवर्तित गरेर त्यसको उत्पादकत्व बढाएर अझ उत्साह आर्थिक वृद्धिमा जानु पर्ने कुरामा उनले जोड दिए ।