१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६’ को लोगो सार्वजनिक

वैशाख, ३० काठमाडौं – १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६’ को लागि लोगो सार्वजनिक भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६’ को लोगो सार्वजनिक गरेको हो ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले लोगो सार्वजनिक गरिएको बताए । परेवाको आकृति र त्यसमा प्रयुक्त रंगले शान्तिलाई दर्शाउँदछ भने त्यसको पृष्ठभूमिमा राखिएको सोही रंगको रेखाले हाम्रो देशलाई प्रतिनिधित्व गराउने निश्चल हिमाललाई झल्काउँदछ। लोगोमा सार्क राष्ट्रहरुको प्रतिनिधित्व गराउन प्वाँखको सात आकृति समावेश गरिएको छ । लोगो कलाकार भोलानाथ पौडेलले तयार पारेको हो ।

सरकारले सो खेलकुद प्रतियोगिताका लागि करिव ४ अर्व खर्च लाग्ने अनुमान पनि गरेको छ । बजेटको व्यवस्थापनका लागि परिषदका उपाध्यक्ष पिताम्बार तिम्सिनाको संयोजकमा ५ सदस्यीय आर्थिक व्यवस्थापन समिति पनि गठन गरिएको छ।

प्रतियोगिता सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा निर्देशन समिति तथा मन्त्री विश्वकर्माको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको हो ।