दैलेखमा ५.१ रिक्टर स्केलको भूकम्प

बैशाष २९, दैलेख — दैलेखमा ५.१ रिक्टर स्केलको भूकम्प गएको छ ।
जिल्लाको नौमुले गाउँपालिकास्थित बालुवाटार केन्द्रविन्दु भई गएराति १२ः३६ बजे भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का दैलेख र यस आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको छ । यसबाट क्षति सम्वन्धि कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

२०७२ वैशाख १२ गतेको गोर्खा भूकम्पपछि निरन्तर धक्का महसुस भइरहेको छ । यसअघि वैशाख १६ र २१ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको थियो ।