बर्षको मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठलाई

काठमाडौं – यो बर्षको मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठलाई हात परेको छ । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा २४ जना सहभागीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् ।

कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको प्रश्नमा ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जितेकी हुन् ।

त्यसैगरी ‘मिस नेपाल यूनिभर्स’को यो बर्षको उपाधि प्रदिप्ता अधिकारीले पाएकी छन् । ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेत र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले जितिन् ।

त्यस्तै मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले जितिन् । यो बर्षको ‘मिस नेपाल’मा सहभागी २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए । अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति पुगेका थिए ।

नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगीता मानिने ‘मिस नेपाल’को यो श्रृङ्खलामा अश्मी श्रेष्ठ, सन्नी रौनियार प्रधान, ओम बहादुर भन्डारी, तुविजा अग्रवाल, राजिव शाह, नवराज सिलवाल, विदुषी राना, पवन बहादुर पाण्डे, सुनिता लिम्बु खरेल र अनुप विक्रम शाही थिए ।

किर्तिपुरमा रहेको ‘लेब्रोटरी स्कुलको घाँसे मैदानमा यसपटकको ‘मिस नेपाल’को आयोजना गरिएको थियो ।