मुक्तिनाथ विकास बैंकको चालू आर्थिक बर्षको आम्दानी ६० करोड २० लाख

वैशाख२४, काठमाडौं – मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको वित्तीय अवस्था सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा खुद नाफा ४० दशमलव ११ प्रतिशतले बढेर ६० करोड

२० लाख खुद नाफा आर्जन गरेको छ । गत वर्ष बैंकले सोही अवधीमा ४२ करोड ७५ लाख मात्रै नाफा कमाएको थियो ।

त्यसैगरी अघिल्लो वर्षको तेस्रो त्रैमासिक अवधिमा ८८ करोड २८ लाख खुद ब्याज आम्दानी गरेको मुक्तिनाथ बैंकले यस अवधिमा एक अर्ब २९ करोड रुपैयाँ ब्याज कमाएको छ । गत वर्षको तुलनामा ६ दशमलव २६ प्रतिशतले आम्दानी बढेको हो । बैंकको जगेडा कोषमा पनि एक अर्ब ५ करोड सञ्चित छ ।

त्यसैगरी बैंकको चुक्ता पूँजी ३ अर्ब ६ करोड ४७ लाख छ भने निक्षेप संकलनतर्फ ४१ अर्ब ८० करोड रहेको छ ।

बैंकको खुद नाफामा सुधार भएसँगै प्रतिशेयर आम्दानीमा पनि ६ रुपैयाँ १९ पैसाले सुधार भएकोे छ । गत आवको तेस्रो त्रैमासिकमा २२ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी २६ रुपैयाँ १९ पैसा रहेको थियो । प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३३ पैसा रहेको छ ।