इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी उपाधीकोे नजिक

वैशाख२४, काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लेष्टर सिटीलाई हराउदै उपाधि नजिक पुगेको छ ।

सोमबार राति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १–० गोल अन्तरले हराउदै शीर्ष स्थानमा पुगेको हो । योसँगै अब उपाधि भिडन्त झनै रोचक बनेको छ ।

भिसेन्ट कम्पनीले गोल गर्दै म्यानचेस्टर सिटीलाई निर्णायक मोडको नजिक पुगेको हो । पहिलो हाफमा गोलविना बराबरी खेल प्रदर्श गरेको सिटीले दोस्रो हाफमा खेलको ७०औं मिनेटमा भिसेन्टले गोल गरेका थिए ।

३७ खेलबाट ९५ अंक जोडेको म्यानचेस्टर सिटी लिगको शीर्ष स्थानमा उक्लिदा यसअघि शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानमा झरेको छ । लिभरपुलको पनि समान ३७ खेलबाट ९४ अंक छ ।

खेलको अन्तिममा म्यानचेस्टर सिटीले ब्रिग्टनसँग प्रतिस्पर्धा गर्नेछ । अब म्यानचेस्टर सिटीले उपाधिका लागि जित्नैपर्ने हुन्छ ।