भर्खैर दुई पार्टी मिलेर बनेको समाजवादी पार्टी नेपालको पहिलो मोर्चा सडक

वैशाख २३, काठमाडौं – भर्खैर एकता कायम गरी दुई पार्टी मिलेर बनेको समाजवादी पार्टी नेपालले पहिलो मोर्चा सडकलाई लक्षित गरेको छ । त्यसैगरी समाजवादी पार्टी नेपालल दोस्रो सदन र आवश्यक पर्दा सरकारको मोर्चा पनि हुनसक्ने पनि बताएको छ ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर समाजवादी पार्टी घोषणा गरेका एकीकृत पार्टीका नेताहरुले संविधान संशोधन नगरिए कुनैपनि बेला सरकार छाडेर आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजित घोषणा कार्यक्रममा डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले फोरम र नयाँ शक्ति दुबै विघटन गर्ने गरी सहमतिमा हस्ताक्षर गरेका छन् । घोषणापछि भट्टराई संघीय परिषदको अध्यक्ष र यादव केन्द्रीय समितिको अध्यक्ष भएका छन् ।

घोषणा कार्यक्रममा एकीकृत पार्टीमा अशोक राई वरिष्ठ नेता, राजेन्द्र श्रेष्ठ सहअध्यक्षसहित २३ पदाधिकारी सार्वजनिक गरिएको छ भने दुई पदात्रिकारी पछि थपिने परिषदका अध्यक्ष भट्टराईले बताए दिए । ८ उपाध्यक्ष, महासचिव, सहमहासचिव तीन र तीन, चार सचिव र एक कोषाध्यक्ष छन् ।

समाजबादी पार्टीका दुबै नेताहरुका अनुसार संविधान संशोधनसहितको माग सहित सरकारलाई अल्टिमेटम दिने र नभए सरकार छाड्ने सहमति गरेका हुन् ।

बाबुराम र उपेन्द्र यादवबीच भएको यो सहमतिले केपी ओली नेतृत्वको सरकारलाई दबाव परेको देखिन्छ । समाजवादी पार्टीले संविधान संशोधन गरेर उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको सुझावअनुसार १ं१ प्रदेश बनाउनुपर्ने माग पनि अघि सारेको छ ।