अभिनेत्री बन्ने रहर छ ? ‘प्रेम गीत ३’ ले गर्यो अडिसन खुल्ला, यस्ता छन् शर्त

बैशाख २३, काठमाडौ —चलचित्र ‘प्रेम गीत–३’ चलचित्रका लागि नयाँ अभिनेत्रीको खोजी गरिएको छ । निर्माता टोलीले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै अभिनेत्रीको लागि अडिसन खुल्ला गरेको हो ।

यस अघि ‘प्रेम गीत–३’ को थिम पोष्टर र प्रदर्शन मिति सार्वजनिक गरिएको थियो । आसुसेन फिल्मको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको लागि इच्छुकहरुले संसारभरबाट अडिसनमा सहभागी हुन सक्नेछन् । अडिसन दिनको लागि [email protected] मा इमेल गरेर सम्पर्क गर्न सक्नेछन् ।

चैत्र २८ गतेदेखि प्रदर्शन हुने यस चलचित्रलाई सन्तोष सेनले निर्देशन गर्ने भएका छन् ।

यस्ता छन् सर्तहरु

–हालै खिचेका ४ वटा स्पष्ट अनुहार देखिने तस्विरसहित इच्छुक युवतीले आफ्नो बायोडाटा पठाउनुपर्नेछ । अभिनेत्री बन्न चाहनेहरुको उचाई ५.२ देखि ५.७ सम्म हुनुपर्नेछ । १८ वर्षभन्दा माथी र २५ वर्ष नपुगेको हुनुपर्नेछ ।

–आवेदन फारम भरेका मध्ये २० जना फाइनल अडिसनका लागि छानिनेछन् । जसमध्येबाट १ जना मुख्य अभिनेत्री छनौट हुनेछन् ।

–इच्छुकहरुले आगामी जेठ १० गतेसम्म सम्पर्क गरिसक्नुपर्नेछ ।

सन्तोष भन्छन्, ‘चलचित्रको मुख्य अभिनेत्रीको लागि हामीले अडिसनबाटै राम्रो अभिनेत्री चलचित्र उद्योगमा प्रवेश गराउने सोच राखेका छौं । सोही अनुसार हामीले आधिकारिक रुपमा एक जना अभिनेत्रीको लागि अडिसन आहवान गरेका छौं ।’

आसुसेन फिल्मको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको लागि इच्छुकहरुले संसारभरबाट अडिसनमा सहभागी हुन सक्नेछन् । अडिसन दिनको लागि ाष्mिकबबकगकभल२नmबष्.िअयm मा इमेल गरेर सम्पर्क गर्न सक्नेछन् ।

चैत्र २८ गतेदेखि प्रदर्शन हुने यस चलचित्रलाई सन्तोष सेनले निर्देशन गर्ने भएका छिन् । अडिसनको लागि आउने युवतीका लागि सर्तहरु यस्ता छन्ः