प्रधानमन्त्रीले गरे साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण अवलोकन

बैशाख १२, काठमाडौं — प्रधानमन्त्री केपी ओलीले काठमाडौका केही साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण कार्यको अवलोकन गरेका छन् । प्रधानमन्त्रीले बिहीबार त्रिपुरेश्वरस्थित त्रिपुरासुन्दरी मन्दिर, वसन्तपुरस्थित हनुमानढोका परिसरलगायतका सम्पदाहरुको अवलोकन गरेका हुन् ।
उनले अवलोकनमा क्रममा साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माणमा मौलिकता हराउन नदिन समेत आग्रह गरे ।