बैशाष ११ : लोकतन्त्र दिवस

विर वहादुर नेपाली

वैशाख ११, काठमाडौं – राजकीय शाषनको अन्त्यका लागि नेपाली जनताले ठुलो वलिदानी दिए । जतिखेर मुुलुकमा १० वर्षे शशस्त्र जनयुद्ध चलिरहेको थियो । जनताले न्याय शान्ति र लोकतन्त्र चाहिरहेका थिए ।

राजाको शाषन तथा माआवादी जनयुद्दबाट जनता आजित भईसकेका थिए । जनताको त्याग वलिदानीका कारण २४० वर्षे राजाको शाषनले घुँडा टेक्न बाध्य भयो । २०६२ /०६३को जनसागर, जनताको आँधीवेहरीले राजा फल्न सफल भए नेपाली जनता । भुमिगत रहेको तत्कालिन नेकपा माओवादी शान्तिवार्तामा आयो ।

२०६४ सालमा संविधानसभाको चुनाव गर्न भयो मुलुकमा गणतन्त्र स्थापन गर्न सबै नेपाली जनता, राजनीतिक दल तयार भए । संघीय लोकतनत्र गणतन्त्र स्थापना भयो । यो सबै १९ दिने २०६२/०६३को जनआन्दोलनको वलमा सम्भव भयो ।

मुलुकमा राजनीतिक सामाजिक आर्थिक कारणले विभेदमा परेका सवै वर्ग जाति क्षेत्रका समुदायको समावेशी, समानुपातिकता, संघीयता, स्वायत्तता, आत्मनिर्णय, पहिचान गर्न लोकतन्त्रको पुर्नवहाली, संघिय गणतन्त्रले सम्भव भयो । तर पुनश्च नेपाली जनताले ‘देशको सार्वभौमिकता गम्भिर संकटमा परेको महनसुस गरिरहेका छन् । ’

मुलुकको सार्वभौमिकता र स्वाधीनता अहिलेको जल्दो वल्दो मुद्धा हो । तर नेपाली जनताको चाहाना मर्म र भावनाप्रति तुषारापात भएको महसुस भईरहेको छ । भौगोलिक हिसाबले कुनै पनि देशको पराधिन नभएको इतिहास हामीसँग साक्षी छ र पनि विभिन्न बहानामा आन्तरिक र बाह्य राजनीतिकमा स्वाधीनमाथी वाह्य हस्तक्षेप वढिरहेको भान भईरहेको छ ।

देशमा भ्रष्टाचार अन्याय अत्याचार लुटपाट चोरी डकैती जस्ता सामाजिक अपराध वढिरहेको छ । नेपाली जनताले चाहेको लोकतन्त्र पुन धरापमा परेको अनुभव आजको दिनले गराइरहेको सवत्र ावाज उठिरहको छ ।