दलितको विहेमा भोज नखाई फर्किएका गैर दलितलाई, उनीहरुको दक्षिणा पनि फिर्ता

बैशाष १०, कपिलवस्तु – दलितको विहेमा गई भोज नखाई फर्किएका गैर दलितलाई उनीहरुले दिएको दक्षिणा पनि फिर्ता दिइएको छ ।

कपिलबस्तुको शुद्धोधन गाउँपालिकामा दलित समुदायको विवाहमा गैरदलित समुदायले भोज नखाएपछि उक्त परिवारले दक्षिणा पनि फिर्ता दिइएको हो ।

शुद्धोधन गाउँपालिका ४ फर्साटिकर हाटबजार निवासी रामबहादुर विकको छोरी २२ बर्षकी आरती विकको वैशाख ५ गते विवाह भएको थियो
विवाहमा गैर दलित समुदायका २२ जना सहभागी भईकन पनि भोज नखाई फर्केका थिए ।

समाजका अगुवा मानिने र राजनीतिक दलका स्थानीय नेतृत्व नै भएकाले दलित अगुवाहरुले घटनाको भ्रत्सना गरेको छन् ।

घटनाबारे अध्ययन अनुसन्धान गर्न हरिओम विश्वकर्माको संयोजकत्वमा समिति गठन भएको छ र
समितिमा जुद्धबहादुर विश्वकर्मा, दीपा सुनार, नरबहादुर सुनार, मनु खड्का, रवि विश्वकर्मा, टेक बास्कोटा र अमृत गहतराज रहेका छन् ।