विश्वकप २०१९ का लागि पाकिस्तानको १४सदस्यीय टिम घोषणा, अनुभवि फास्ट बलर मोहम्मद अमिर परेनन्

वैशाख ५, काठमाडौं — विश्वकप २०१९ का लागि पाकिस्तानको १४सदस्यीय टिम घोषणा भएको छ । तर घोषित टोलीमा अनुभवि फास्ट बलर मोहम्मद अमिर भने पर्न सकेनन् ।

च्याम्पियन्स ट्रफीको फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका अमिरले लामो समयदेखी खराब फर्मबाट गुज्रिरहेका कारण आफ्नो स्तर कायम राख्न सकेका थिएनन् ।

घोषित टिममा मध्यक्रमका ब्याट्सम्यान आसिफ अलि पनि परेनन्् । केही समययदेखीको कमजोर प्रदर्शनका कारण उनी पनि टिममा नपरेका हुन् । त आमिर र आसिफ दुवै ईंग्ल्यान्डविरुद्धको ओडीआई सिरिजमा भने राखिएको छ ।

च्याम्पियन्स ट्रफी यता खेलेका १४ खेलमध्ये ९ वटामा उनी विकेटविहिन रहेका थिए । त्यसैले उनलाई चयनकर्ताहरुले बेवास्ता गरेका हुन् । पाकिस्तानले मे २३ सम्म आफ्नो टिममा फेरबदल गर्ने अवसर छ । त्यसैले ईंग्ल्यान्डविरुद्ध राम्रो प्रदर्शन गरेमा दुवैजना विश्वकप टिममा फर्किन सक्छन् ।

ब्याटिङतर्फ शान मसुदलाई पन्छाएर अबिद अलिलाई ओपनरको रुपमा स्थान दिइएको छ । उनले अहिलेसम्म दुईवटा मात्रै एकदिवसीय खेलेका छन् । अष्ट्रेलियाविरुद्धको डेब्यू म्याचमा नै उनले शतक हानेका थिए । इमाम उल हकसँग उनले पाकिस्तानको ब्याटिङ सुरुवात गर्नेछन् ।

यसैगरी अपेक्षा मुताबिक पाकिस्तानले टिन एज फास्ट बलरहरु मोहम्मद हुसैन र साइन शाह अफ्रिदीलाई टिममा समावेश गरेको छ । छुटेका केही नामहरुमा मोहम्मद अब्बास, मोहम्मद नवाज, मोहम्मद रिजवान, उसमान सिनवारी र यासिर साह रहेका छन् । मोहम्मद रिजवानले अष्ट्रेलियाविरुद्ध २ वटा सतक हाने पनि विश्वकप टिममा स्थान बनाउन सकेनन् ।