नेपाल टेलिकमको फोरजी र एलटीई सेवा छिट्टै विस्तार हुदै

वैशाख ५, काठमाडौं — नेपाल टेलिकमको फोरजीरएलटीई सेवा छिट्टै विस्तार हुने भएको छ । टेलिकमको फोरजीरएलटीई सेवा विस्ताका लागि ६५ प्रतिशत क्षेत्रमा सर्भे सकिएकाले अव यसको सेवा छिट्टै विस्तार हुने भएको हो ।

फोरजीरएलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्र्क यानको लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङले जिम्मा लिएको र उनीहरुले हाल गरेको सर्वेक्षणको काम तीव्र भएको छ ।

टेलिकमले नेपालभर ६५ लाख क्षमताको फोरजीरएलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वर्टा यान नेटवर्क तयार गर्नेछ । यसका लागि मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ ।

यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा मुलुकभर द्रुत गतिको डाटा तथा भ्वाइस र मल्टिमिडिया सेवा विस्तार तथा कभरेज र क्यापिसिटीका लागि स्मार्ट सेल विथ वाइफाइ विस्तार हुनेछ ।

२०२५सम्म यसको अधिकतम् लाभ लिईसकेपछि अर्को १० वर्ष फाइभजी र फोरजीको सेवा समानान्तर हुने टेलिकमको लक्ष्य रहेको छ ।