शुरु भयो इण्डोनेशियामा आम निर्वाचन

बैशाख ४, काठमाडौं — इण्डोनेशियामा आजबाट आम निर्वाचन शुरु भएको छ । धार्मिक चुनावी अभियानले पश्रय पाउँदै आएको इण्डोनेशियाको ईतिहासमै पहिलो पटक राष्ट्रपति, उपराष्ट्रपति, क्षेत्रिय स्तरमा एकै दिन मतदान हुने भएको हो ।

विश्वकै धेरै मुस्लिम जनसंख्या रहेको इन्डोनेशियाको चुनावमा १६ वटा पार्टीहरु प्रतिस्पर्धामा छन् । इन्डोनेशियाका १९ करोड २८ लाख ६६ हजार २ सय ५४ मतदाताले ८ लाख ९ हजार ५ सय मतदान केन्द्रबाट मतदान गर्नेछन् । \

करीब १७ हजार टापु रहेको इन्डोनेशियामा राष्ट्रिय र स्थानीय तहका २० हजार सिटका लागि २ लाख ४५ हजार उम्मेदवारहरु प्रतिस्पर्धामा छन् ।