रामकृष्ण ढकालको गीतमा नायक सरोज खनालको अभिनय ( भिडियो सहित )

काठमाडौं — गायक रामकृष्ण ढकालको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । विकास थापाले लेखेको ‘हावाको झोक्का’ बोलको गीत गायक ढकालको स्वरमा सार्वजनिक भएको हो । गीतमा  सन्तोष श्रेष्ठले संगीत भरेका छन् ।

गीतको म्यूजिक भिडियोमा अभिनेता सरोज खनालले अभिनय गरेका छन् । कवि हेम प्रभासले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा कवि रिमा के सी, सुजन थापा र सविना आचार्यले पनि अभिनय गरेका छन् । निर्देशक हेमप्रभासको परिकल्पना तथा स्क्रिप्ट लेखन रहेको यो गीतको छायांकन मुकेश हुमागाईले गरेका हुन् ।