चलचित्र ‘ए मेरो हजुर-३’ प्रदर्शनमा

चैत, ३० काठमाडौं — पुर्ण रुपमा मनोरञ्जनपुर्ण शैलीमा तयार पारिएको नेपाली फिल्म सिक्वेल ‘ए मेरो हजुर(३’ प्रदर्शन सुरु भएको छ । कथा हाँसो (ठट्टा, रोदन, रहस्य, विस्मय, प्रेम सबै खुराक समेटिएको यो फिल्म शुक्रबार २९ गते मात्रै रिलिज भएको हो ।

चलचित्र ‘ए मेरो हजुर(३’ को मुख्य अभिनयमा अहिलेका चर्चित चकलेटी नायक अनमोल केसी र नायिका सुहाना थापा रहेका छन् । यस कथामा यी दुईटा जोडीलाई सुपरस्टार प्रेमिल जोडीका रुपमा उभ्याईको हुन्छ । फिल्मको कथा विषयवस्तुलाई २ घण्टा ३० मिनेटमा उतारिएको छ ।

कथाका मुख्य आकर्षण नै चकलेटी हिरो अनमोल र नायिका झरना थापाकी छोरी सुहाना हुन् । निर्देशक झरना थापाकी छोरी सुहाना थापा अर्का आकर्षण हुन् । त्यसैगरी सलोन वस्नेत पनि मुख्य अभिनयमै छन् ।

फिल्मको कथा सरल छ । चेतन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतिक पौडेलले कथा पटकथा र संवादमा लभस्टोरी तयार गरिएको चलचित्रको निर्देशक नायिका झरना थापा रहेकी छिन् ।