प्रदेश र स्थानीय तहमा करिब ३७ हजार सरकारी कर्मचारी अपुग

चैत, ३० काठमाडौं — कर्मचारी समायोजनपछि प्रदेश र स्थानीय तहमा करिब ३७ हजार कर्मचारी अपुग देखिएको छ ।
कर्मचारी समायोजनमा देखिएका समस्याबारे छलफल गर्न बसेकसंघीय मामिला तथा मन्त्रालयका निमित्त बैठकमा समितिका सदस्यहरुले खटाइएको ठाउँमा जान इन्कार गर्दै मन्त्रालयमा निवेदन दिएका करिब १२ हजार असन्तुष्ट कर्मचारी विषयमा जिज्ञासा राखेका थिए । यस विषयमा केही सांसदले सरकारले खटाएको ठाउँमा कर्मचारी जानु पर्ने धारणा राखेका थिए भने कहीले संघबाट प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउने व्यवस्था नै संघीयताविपरीत भएको बताएका थिए ।