आर्थिक संकटका कारण जेट एयरवेजका सबै अन्तर्रा्ष्ट्रिय उडानहरु रद्द

चैत२९, काठमाडौं — जेट एयरवेजका सबै अन्तर्रा्ष्ट्रिय उडानहरु रद्द भएका छन् । जेट एयरवेज आर्थिक संकटमा परेका कारण उडानहरु रद्द भएका हुन् ।
साथै जेट एयरवेजले अन्य १० विमानहरुलाई पनि सेवाबाट हटाएको भारतीय मिडियाहरुले जनाएका छन् ।

यसरी जेटले हालसम्म ७९ विमानहरुलाई सेवाबाट हटाइसकेको छ । जेटलाई कर्जा दिएको एसबीआई क्यापिटल बैंकले एयरवेजको ३१ देखि ७५ प्रतिशतम्म शेयर बेच्न लिलाम बढाबढको सूचना निकालेको छ । अन्तिम म्याद ३० अप्रिलसम्म तोकिएको छ ।

जेट एयरकै पूर्वअध्यक्ष नरेश गोयल र उनकी पत्नी अनिताले गत २५ मार्चमा जेट एयरवेजको बोर्डबाट राजीनामा दिएका थिए । उनीहरुले जेट एयरवेजमा आफ्नो हिस्सा घटाएर शेयर खरिद गर्ने बताइएको छ ।

जेट एयरवेज भारतको सबैभन्दा पुरानो निजी एयरलाइन्समध्ये एक हो । जेट एयरवेज नेपालमा लगातार दुई वर्ष सबैभन्दा बढी पर्यटक भित्राउने कम्पनी पनि होे ।