आठौं राष्ट्रिय खेलकुदका ५ खेलको प्रतिस्पर्धा आजदेखी सुरु हुदै

चैत२७, काठमाडौं– आठौं राष्ट्रिय खेलकुदका ५ खेलको प्रतिस्पर्धा आजदेखी सुरु हुदैछ । वृहत राष्ट्रिय खेलकुदको पहिलो, दोस्रो र तेस्रो संस्करणबाहेक दुई वर्षको अन्तरालमा पहिलोपटक राष्ट्रिय खेलकुद हुन लागेको हो ।

खेलको औपचारिक उद्घाघाटन वैशाख ५ गते गर्ने भनिएपनि ५ वटा खेल पहिले नै नय गरिएको तालिका अनुसार बुधबारदैखि नै हुन लागेको हो । खेलको उद्घाटन र समापन दुवै प्रदेश ५ को नेपालगञ्ज रंगशालामा हुने कार्यक्रम छ ।

समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुनेछन् । ३ सय ७२ स्वर्ण, त्यत्ति नै रजत र ५ सय ६३ कांस्यका लागि प्रतिस्पर्धा हुनेआयोजकले जनाएको छ ।

बुटवलको देवीनगरमा लनटेनिस, दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगञ्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की र ललितपुरको सातदोबाटोमा स्क्वास खेल हुनेछ । महिला हक्की भने नेपालगञ्जको खजुरास्थित शुक्र माविमा चैत ३० गतेदेखि शुरु हुनेछ ।