सरकारी चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन सरकारको चेतावनी

चैत, २६ काठमडौं – सरकारले आन्दोलनरत चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिएर काममा फर्किन चेतावनी दिएको छ । कर्मचारी समायोजन ऐनको विरोध गर्दै स्वास्थ्य सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका चिकित्सकहरु तत्काल सेवामा नफर्किए कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।

सरकारी चिकित्सक संघ (गोदान) को आह्वानमा सरकारका करिब १४ सय चिकित्सक एकै पटक मुलुकभर आन्दोलनमा उत्रिदा बिरामी मारमा परिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै चिकित्सकलाई तत्कालै सेवामा फर्कनुको विकल्प नभएको चेतावनी दिएको हो ।

मन्त्रालयको सूचनामा भनिएको छ,’ स्वास्थ्य सेवामा सबैको पहुँच सहज सुलभ बनाउने संविधानको उद्देश्य अनुरुप काठमाडौ उपत्यका र केही ठूला शहरहरुमा केन्द्रित स्वास्थ्य सेवालाई सात प्रदेश र ७५३ स्थानीय तहमा र्पुयाउनु अत्यावश्यक छ । त्यसका लागि नै चिकित्सकहरुको पनि समायोजन जरुरी भएको हो।’