विश्व बैंकको एक अध्ययनमा २०१९ मा नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने

चैत २६, काठमाडौं — सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहने अनुमान गरिएको छ । त्यसैगरी २०२१ सम्मको आर्थिक वृद्धिदर ६.२ प्रतिशत रहने गरी अनुमान गरिएको एक अध्ययनले देखाएको हो ।

विश्व बैंकले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने प्रक्षेपण गरेको छ। भारतको आर्थिक वृद्धिदर सन् २०१९ मा साढे सात प्रतिशत हुने अनुमान विश्व बैंकले गरेको छ।  दक्षिण एशियामा यो अवधिमा सबैभन्दा बढी भारतले गर्ने तथ्यांकमा उल्लेख गरिएको छ ।

दक्षिण एशियामा सबैभन्दा कम आर्थिक वृद्धि गर्ने देशको सूचीमा अफगानिस्तान परेको छ। अध्ययनमा अफगानिस्तानको सन् २०१९ मा साढे दुई प्रतिशत आर्थिक वृद्धि हुने उल्लेख छ ।

समग्रमा बैंकले दक्षिण एसियाले सन् २०१९ मा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने बताएको छ। आगामी सन् २०२० र २०२१ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि यो क्षेत्रमा हासिल हुन विश्व बैंकले उल्लेख गरेको छ।