आईपीएल क्रिकेटमा कोलकाता नाइटराइडर्सको चौथो जित

चैत२५, काठमाडौं — कोलकाता नाइटराइडर्सले आईपीएल क्रिकेटमा चौथो जित हात पारेको छ । आइतबार राति भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको थियो ।

सुनिल नरेनको अलराउन्डर प्रदर्शन र क्रिस लिनको धमाकेदार ब्याटिङ मद्दतमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई हराएको हो । यो जितसँगै कोलकाता शीर्ष स्थानमा पुगेको छ ।  कोलकाताले पहिले बलिङ गर्दै राजस्थानलाई १३९ रनमा रोकेको थियो । त्यसपछि १३.५ ओभर ब्याटिङ गरेर २ विकेट गुमाएर भेटायो ।

कोलकाताका लागि आईपीएलको जारी १२ संस्करणको पाँचौ म्याचमा चौथो जित हो । दोस्रो तर्फ यो राजस्थानको पाँचौ म्याचमा चौथो हार हो ।
यसो त महेन्द्र सिंह धोनी कप्तान रहेको चेन्नाइ सुपर किंग्सको पनि समान आठ अंक छ । तर ऊ रनरेटको आधारमा दिनेश कार्तिक कप्तान रहेको कोलकातासँग पछाडि परेको छ ।

कोलकाता र राजस्थानबीच आइतबार जयपुरमा प्रतिस्पर्धा भएको थियो । कोलकाताका कप्तान दिनेश कार्तिकले टस जितेर पहिले बलिङ रोजेका थिए ।
राजस्थानले सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा केबल ६७ रन बनाएको थियो ।