आइपीएल) क्रिकेटमा सन्दीप लामिछानेले लिए रोयल च्यालेन्जर्स बेंग्लौरको विकेट

चैत २४, काठमाडौ – १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछानेले रोयल च्यालेन्जर्स बेंग्लौरको विकेट लिएका छन्।

दिल्ली क्यापिटल्स्बाट खेलिरहेका सन्दीपले आफ्नो तेस्रो ओभरमा मोइन अलीलाई आउट गरेका हुन्।

४ ओभर खेलेका सन्दीपले ४ छक्कासहित ४६ रन खर्चिए । यस सीजनको आइपीएलमा सन्दीपले बेंग्लौरविरूद्धको खेलमा सबैभन्दा बढी रन खर्चिएका हुन् ।