प्रतिबन्ध पछि चन्द समूह राजनीतिक मूलधारमा आउने गृहमन्त्रीको आशा

 

चैत्र २४,काठमाडौ — द्धन्द्धमै जान लागेको नेत्रविक्रम चन्द नेतृत्वको समूह अव छिट्टै राजनीतिक मूलप्रवाहमा आउने आशा गरेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा आएका मन्त्री थापाले आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा चन्द समूहलाई मूलप्रवाहमा ल्याउन प्रतिबन्ध लगाइएको समेत वताएका छन ।

शान्ति सुरक्षा र विकासमा बाधक भएकाले विप्लव समूहमाथि प्रतिबन्ध लगाउनु परेको वताउदै समाधानका लागि सरकार लागि परेको उनले वताए ।

संविधान र कानुन विपरीत काम स्वतः प्रतिबन्धित हुने भन्दै उनले असंबैधानिक र गैरकानुनी काम रोकिएको बताए । शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको सरकारको निष्कर्ष रहेको उनले जनाए ।