चाउचाउ, चिउरा र बिस्कुटको भरमा गुजारा गर्दै हावाहुरी प्रभावित सुत्केरी

चैत २४, काठमाडौं – बाराका फिरोज मियाँ अन्सारीकी श्रीमती रेशमा खातुन २० दिनकी सुत्केरी हुन् । नवजात छोरीलाई काँख च्यापेर भोकै बसेको पाँच छ दिन भईसक्यो ।

गत आइतबार साँझको हावाहुरीमा अन्सारी दम्पतीले ७ बर्से छोरा फैयाजलाई गुमाउनुको पिडा एकातिर छदैछ । त्यसदिनदेखि रेशमाको अवस्था रुँदैमा दिन कटेको छ ।

राहत बाँड्न आउने अधिकांशले चाउचाउ र चिउरा ल्याएर आएका छन्।, त्यही पनि हारालछ र खोेसाखोस गर्नेहरुको भीडले आफू रिक्त भएको बताउछन् ।

फेटा गाउँपालिका ६ पुरैनियाँमा रहेको अस्थायी क्याम्पमा अन्सारी दम्पती जस्तै दर्जनौंले यसैगरी छाक टारिरहेका छन्। । अवस्था विग्रदै गएको छ ।
फेटामा सबैभन्दा दयनीय र कारुणिक अवस्था अहिले सुत्केरीकै छ । बालबच्चा रोइ कराइरहेका छन्। त्यस्तै शौचालय र खानेपानीको अभाव पनि हुदै गएको छ । खुला ठाउँमा दिसा पिसाव गर्न बाध्य छन् ।