बार एसोसिएसनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी

चैत २१, काठमाडौं –  नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । मत गणना सकिए पनि औपचारिक घोषणा हुन भने बाँकी छ ।

महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापालाई पराजित गर्दै महासचिवमा विजयी बनेका हुन् ।