एजुकेशन पार्कले दुई दिने प्यारेन्ट्स इन्फरमेशन सेसन संचालन गर्दै

 

चैत १९, काठमाडौ —उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने बिद्यार्थीहरुको अभिभावकलाई लक्षित गरि एजुकेशन पार्कले तीन दिर्ने प्यारेन्ट्स इन्फरमेसन सेसन’को आयोजना गर्ने भएको छ ।

यहि चैत्र २२ र २३ गते काठमाण्डौको सुन्धारामा अवस्थित सिभिल मलको आठौं तल्लामा रहेको आफ्नै कार्यलयमा सेसन सञ्चालन गर्ने पार्कले जनाएको छ ।
विदेश अध्ययनमा जाने विद्यार्थीको चाप बढेसंगै चुनौती थपिदै गएकोले अभिभावकलाई पनि सही रुपमा सुसूचित गराउन कार्यक्रम आवश्यक रहेको वताइएको छ ।

विद्यार्थीको शैक्षिक, सामाजिक, व्यक्तिगत तथा आर्थिक पाटो अभिभावकहरुले नै बेहोर्नु पर्ने भएकोले त्यसको उचित व्यवस्थापनको परामर्श वारेमा कार्यक्रम केन्द्रित रहनेछ ।

पार्कले लामो समयदेखि अध्ययनको लागि अष्टे«लिया, अमेरिका, क्यानडा, बेलायत, न्युजील्यान्ड लगायतका देश जान चाहने विद्यार्थीहरुको लागि भाषा कक्षा तथा शौक्षिक परामर्श दिदै आएको छ ।

शैक्षिक परार्मशको क्षेत्रमा क्रियाशिल विज्ञहरुको समूहद्वारा संचालित पार्कबाट थुपै बिद्यार्थीहरु परामर्श लिई अध्ययनका लागि विदेश गएरे भविष्य उज्ज्वल बनाइसकेको आयोजकले वताएका छन ।