वाइडबडी उडान एक अर्ब ६६ करोड घाटामा

चैत १७, काठमाडौ — राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी उडानमा एक अर्ब ६६ करोड रुपैयाँ घाटा भएको छ । वाइडबडीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा दुई अर्ब ३९ करोड रुपैयाँ कमाएको छ । यस्तो आम्दानीमा यसको उडान खर्च नै दुई अर्ब १२ करोड छ ।
वाइडबडीले पूर्ण क्षमतामा उडान नपाएको, लामो दुरीको उडान गर्न जहाज भित्रिएको १० महिनासम्म पनि न्यारोबडीकै गन्तव्यमा उडान गरिरहेको, दैनिक उडान १६ घण्टाभन्दा बढी हुनुपर्नेमा नौ घण्टा मात्रै भएकोलगायत कारण घाटामा गएको निगमले जानकारी दिएको छ ।