राजधानीमा आए पाँच ब्रुमर, धूलोमुक्त होला त राजधानी ? हेरौं सफाई रुट

 

चैत १२, काठमाडौ — धुलैधुलोले परिचित भएको राजधानीलाई धूलोमुक्त बनाउने प्रयास काठमाडौं महानगरपालिकाले गरेको छ । महानगरपालिकाले ११ करोड ८० लाखमा इटालीबाट ५ वटा ब्रुमर भित्र्याएको छ ।

मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ब्रुमरको उद्घाटन गरेका छन् । सडक विभागसँगको समन्वयमा मुख्य सडकमा समेत ब्रुमर सञ्चालन हुनेछन् ।

सुन्धारा, टुँडीखेलआसपास, दरबारमार्ग, कलंकी, बल्खु, कालीमाटी, टेकु,थापाथली, बानेश्वर, तीनकुने, एयरपोर्ट, पुतलीसडक, सिंहदरबार, हात्तीसार,  लैनचौर, लाजिम्पाट, महाराजगन्ज, त्रिपुरेश्वर, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर,सीनामंगललगायतका स्थानमा ब्रुमर सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

यस्तो छ रुट