बोहोरा विप्लव समूह छोडेर नेकपामा प्रवेश

चैत ४, काठमाडौ – नेत्र विक्रम चन्द ‘विप्लव’ माथि प्रतिबन्द लगाईरहेका बेला एक जिल्ला स्तरीय नेता सत्तारुढ नेकपा प्रवेश गरेका छन् । लमजुङ जिल्ला संगठन कमिटिका सदस्य टेकबहादुर बोहोरा (टेकतारा) सत्तारुढ दल नेकपा प्रवेश गरेका हुन् ।

नेकपा बेंसीसहर नगरपालिका ६ संयन्त्रले सारिङमा एक कार्यक्रमको आयोजना गरी उनलाई स्वागत गरेको हो। लमजुङमा कम्युनिस्ट पार्टीका संस्थापकमध्ये एक मानिएका उनी पछिल्लो समय विप्लव नेतृत्वको पाटीमा आवद्ध थिए ।

तत्कालीन पार्टी अध्यक्ष प्रचण्डसँग मतभेद भएपछि २०७१ सालमा मोहन बैद्य नेतृत्वको पार्टी हुँदै उनी पछिल्लो समय विप्लव पार्टीमा सक्रिय थिए ।