सिके राउतको राष्ट्रिय परिषद् बैठक लहानमा हुदै, प्रहरी र पत्रकारलाई निषेध

चैत, ३ काठमाडौ – सके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठकमा प्रहरी र पत्रकारलाई निषेध गरिएको छ । बैठक लहान नगरपालिका ७ स्थित मारवाडी सेवा सदनको सभाकक्षमा हुने छ । दुई दिनसम्म चल्ने परिषद बैठकमा सरकारसँग भएको ११ बुँदे सहमति र आगामी रणनीतिका बारे छलफल हुने बताइएको छ ।

फागुन २४ गते सरकारसँग भएको ११ बुँदे सहमतिको विषयमा छलफल गर्न बैठक डाकिएको हो । बैठकमा ११ बुँदे सहमतिपछि अगामी रणनीतिको विषयमा छलफल हुने भएको छ। बैठकमा तराई मधेस अन्तर्गत हरेक जिल्लाका दुईदेखि तीन जना र गठबन्धनका केन्द्रीय पदाधिकारीसहित करिब ९० जना सहभागी हुने बुझिएको छ ।