जनकपुर–जयनगर रेल वैशाखबाट सञ्चालन गर्ने तयारी

चैत ३, काठमाडौ — वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एकमात्र रेल सेवा जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गर्ने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढिसकेको छ ।
पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालन तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्य्विधि निर्माणको काम थालेको हो ।
सो मार्गमा निर्माण हुने सात स्टेसनका लागि आवश्यक एक सय ५० कर्मचारी छनोट प्रक्रिया सुरु भएको छ ।