दुई राजदूतले मन्त्री सरहको सेवा सुविधा पाउने

फागुन ३०, काठमाडौ— केपी ओली नेतृत्वको सरकारले दुई जना राजदूतलाई मन्त्री सरहको सेवा(सुविधा दिने भएको छ।
उक्त सेवा —सुविधा भारतका लागि नवनियुक्त नेपाली राजदूत निलाम्बर आचार्य र अमेरिकाका लागि राजदूत अर्जुनबहादुर कार्कीले पाउने भएका हुन् ।
मंगलबार साँझ मन्त्रिपरिषद् बैठकले गरेको सेवा(सुविधाबारेको उक्त निर्णय सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे।