भारतद्धारा २०० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

फागुन २९ काठमाडौ — नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजमा स्नातक तहको अध्ययनलाई अघि बढाउन २०० जना जेहेन्दार नेपाली विद्यार्थीहरुलाई शैक्षिक सत्र २०१८–२०१९ का लागि भारतले स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको छ ।

यस वर्ष नेपालका ५० जिल्लाको विद्याथीले ःMBB, BDS, BE, B.Sc., BBA, B.Com.  लगायत ३६ वटा स्नातक कोर्षका लागि छात्रवृत्ति पाउनेछन् । यी विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा र ८ प्रतिशत अपाङ्ग छन् ।

होटेल हायात रिजेन्सीमा बुधबार आयोजित स्वर्ण जयन्ति छात्रवृत्ति समारोहमा शिक्षा सचिव खगराज बरालले २०० विद्यार्थीलाई छात्रवृत्तिका लागि योग्यताको प्रमाणपत्र प्रदान गरेका थिए ।

सन् २००७ मा सो छात्रवृत्ति संख्या वृद्धि भइ १०० पुगेको थियो । सन् २०१२ देखि यता छात्रवृत्ति संख्या दुई गुणाले वृद्धि भएर २०० भएको छ। यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत ःद्यद्यक्रद्यम्क् को विद्यार्थीले पाँच वर्ष सम्म प्रति महिना नेरु ४०००र–, द्यभ् को विद्यार्थीले चार वर्षसम्म प्रति महिना नेरु ४०००र– र अन्य स्नातक कोर्ष अध्ययन गर्ने विद्यार्थीले तीन वर्षसम्म प्रति महिना नेरु ३०००र– प्राप्त गर्नेछन्।

हालसम्म नेपालका ७७ जिल्लाका २३५० भन्दा बढी नेपाली विद्यार्थीलाई स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरिसकिएको दूतावासले जनाएको छ ।