क्वाटरफाइनलमा युभेन्टस र म्यानचेष्टर सिटी च्याम्पियन्स लिग

फागुन २९, काठमाडौ — युभेन्टस र म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम १६ को दोस्रो लेगमा एट्लेटिको मड्रिडलाई ३(० ले हराउँदै युभेन्टसले समग्रमा ३(२ को नतिजासँगै अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो लेगमा २(० को हार भोगेको युभेन्टसले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै स्पष्ट जित हात पारेको हो । क्रिष्ट्रियानो रोनाल्डोले हृयाट्रिक गरेपछि युभेन्टसको भाग्य खुलेको थियो । उनले २७, ४९ र ८६ औ मिनेटमा गोल गर्दै हृयाट्रिक पुरा गरे ।